प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो छलफल ?
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा समसामयिक राजनीतिक विषयमा अलावा संघीय संसद्को अधिवेशनलगायतका विषयमा छलफल भएको जनाइएको छ । 

सिंहदरबारमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कारण प्रतिनिधिसभाको बैठक चल्न नसकेको बताए । 

सरकारले विजनेश नै नपाएर अधिवेशन अन्त्य गर्ने तयारी गरेको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘कांग्रेसले चल्न नदिएर हो ।’ 
 





  • प्रकाशित मिति : चैत ३०, २०८० शुक्रबार १४:२५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया