logo-img

त्रिविको रेक्टरमा केसी र रजिस्ट्रारमा रिजाल नियुक्त

त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) मा प्रा.डा. खड्क केसी तथा रजिस्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन् ।

शिक्षामन्त्री तथा विश्वविद्यालयको सहकुलपति सुमना श्रेष्ठ र उपकुलपति प्रा.डा. केशरजंग बरालले दुवै जनाको नाम सिफारिस गरेका थिए ।   

नियुक्त भएका केसी अन्तर्राष्ट्रिय सम्बन्धन विभागका प्राध्यापक तथा रिजाल खुला विश्वविद्यालयका डीन र त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विभागका प्राध्यापक हुन् । 







  • प्रकाशित मिति : चैत ३०, २०८० शुक्रबार १८:१५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया