logo-img

डा. शाक्य राष्ट्रियसभा सदस्यका लागि सिफारिस
फाइल तस्बिर

सरकारले राष्ट्रिय सभाको सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन  गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष बैठकले सिफारिस गरेको जानकारी दिइन् । 

राष्ट्रपतिबाट मनोनीत हुने एक राष्ट्रियसभा सदस्य पद रिक्त रहेको थियो । सोही रिक्त पदमा पूर्वराजदूत समेत रहेकी शाक्य एमाले कोटामा सिफारिस भएकी हुन् । 



‘यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा’ बोलको गीतमा स्वरसमेत दिएकी शाक्यलाई एमाले अध्यक्ष केपी ओलीले ‘साली’ भनेर सम्बोधन गर्ने गरेको निकटस्त बताउने गर्छन् । 

शंखुवासभाकी उनी ओली पत्नी राधिका शाक्यको आफ्नै बहिनी भने होइनन् । व्यवस्थापन विषयमा विद्यावारिधि गरेकी शाक्यले पद्मकन्या कलेजमा एक दशक प्राध्यापनसमेत गरेकी थिइन । इजरायलका लागि राजदूत भइसकेकी उनी पूर्वसांसद अजयक्रान्ति शाक्यकी पत्नी हुन् । 





  • प्रकाशित मिति : चैत ३०, २०८० शुक्रबार १८:५०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया