logo-img

आइपिएलमा दिल्लीको दोस्रो जित, लखनउलाई ६ विकेटले हरायो

दिल्ली क्यापिटल्सले भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा दोस्रो जित निकालेको छ । दिल्लीले दोस्रो जित दर्ता गर्नेक्रममा शुक्रबार राति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले हरायो ।

आफ््नो छैटौँ खेलमा लखनउले दिएको १ सय ६८ रनको लक्ष्य दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । दिल्लीका लागि जेक फ्रेजर–म्याकगुर्कले अर्धशतकीय इनिङ खेले । ३५ बलको सामना गरेका उनले पाँच छक्का र दुई चौकाको मद्दतमा ५५ रन बनाए ।

यस्तै, कप्तान ऋषभ पन्तले २४ बलमा चार चौका र दुई छक्काको सहयोगमा ४१ रनको इनिङ खेले । त्यस्तै, पृथ्वी शाले ३२ र डेविड वार्नरले ८ रनको योगदान दिए । ट्रिस्टन स्टब्स १५ र शाई होप ११ रनमा अविजित रहे । लखनउका लागि रवि विश्नोईले दुई तथा नवीनल उलहक र यश ठाकुरले एक/एक विकेट लिए । 



त्यसअघि टस जितेर ब्याटिङ रोजेको लखनउले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६७ रन बनायो । उसका लागि आयुष बडोनीले अर्धशतकीय पारी खेले ३५ बलको सामना गरेका उनले पाँच चौका र एक छक्कासहित अविजित ५५ रन बनाए ।

यस्तै, कप्तान केएल राहुलले ३९, अर्शद खानले अविजित २०, क्विन्टन डिककले १९ र दीपक हूडाले १० रन जोेडे । दिल्लीका लागि स्पिनर कुलदीप यादवले ४ ओभरमा २० रन दिएर तीन विकेट लिए । यस्तै, खलील अहमदले दुई, इशान्त शमाए र मुकेश कुमारले एक/एक विकेट हात पारे ।  

यो जितपछि दिल्लीले आरसीबीलाई पछि पारेको छ । दिल्ली कुल ४ अंकसहित अब तालिकाको नवौँ स्थानमा उक्लिएको छ । पराजित लखनउ ६ अंकका साथ तालिकाको चौथो नम्बरमा छ ।





  • प्रकाशित मिति : चैत ३०, २०८० शुक्रबार २३:३१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया