logo-img

आइपिएलमा पञ्जाब किंग्सविरुद्ध राजस्थान रोयल्सको रोमाञ्चक जित

राजस्थान रोयल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा पाँचौं जित निकालेको छ । पाँचौं जित दर्तागर्नेक्रममा गएराति सम्पन्न खेलमा राजस्थानले पञ्जाब किंग्सविरुद्ध तीन विकेटको रोमाञ्चक जित निकाल्यो ।  

आफ्नो छैटौँ खेलमा पञ्जाबले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको राजस्थानले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि यसस्वी जैसवालले ३९ रन, शिमरोन हेटमायरले अविजित २७, तानुस कोटियनले २४, रियान परागले २३ र कप्तान सञ्जु सामसनले १८ रन जोडे ।   

पञ्जाबका लागि कागिसो रबाडा र साम करनले दुई/दुई, अर्सदीप सिंह, लियाम लिभिङस्टोन र हर्सल पटेलले एक/एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुएमार १ सय ४७ रन बनायो ।

उसका लागि अशुतोष शर्माले ३१, जितेश शर्माले २९, लियाम लिभिङस्टोनले २१, अर्थव ताडे र जोनी बेयरिस्टोले १५/१५ रन बनाए । राजस्थानका लागि आवेश खान, केशव महाराजले दुई/दुई तथा ट्रेन्ट बोल्ट, कुलदीप सेन र युजवेन्द्र चाहालले एक/एक विकेट लिए । 

यो जितपछि शीर्ष स्थानमा रहेको राजस्थानले ६ खेलबाट १० अंक जोडेको छ । उसले अहिलेसम्म ६ खेलमा पाँचमा जित र एक खेलमा मात्र पराजय बेहोरेको छ । पराजित पञ्जाब ४ अंकका साथ तालिकाको आठौँ स्थानमा छ ।





  • प्रकाशित मिति : वैशाख २, २०८१ आइतबार ६:५६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया