logo-img

आजको मौसम : तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
फाइल तस्बिर

आज पनि केही स्थानमा चट्याङसहित हल्का र हिमपातको वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले आज पनि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको हो ।

आज बिहान लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको विभागले उल्लेख गरेको छ ।

आइतबार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको थोरै र बाँकी पहाडी भू–भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, गण्डकी र  कर्णाली प्रदेशको पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ । गण्डकी र  कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।
 
 





  • प्रकाशित मिति : वैशाख २, २०८१ आइतबार ७:२७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया