logo-img

जातीय भेदभाव गर्ने पूर्व उपाध्यक्ष गिरी पक्राउ

झापा । इलाका प्रहरी कार्यालय अनारमनीले हल्दीबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीलाई नियन्त्रणमा लिएको छ । उनी विरुद्ध जातीय भेदभाव तथा अपमान सम्बन्धी व्यवहार गरेको कसुरमा जाहेरी दर्ता भएको थियो ।

जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलले गिरी विरुद्ध इप्रका बिर्तामोडमा चैत २८ गते जाहेरी दिएका थिए । सोही जोहरीका आधारमा प्रहरीले गिरीलाई वैशाख १ गते साँझ बिर्तामोडबाट नियन्त्रणमा लिएको झापा प्रहरी प्रवक्ता कृष्ण कुमार चन्दले जानकारी दिए ।

पूर्वउपाध्यक्ष गिरीले जिसस झापाका तत्कालीन प्रमुख पोर्तेललाई टेलिफोन संवादमार्फत जातीय तथा अन्य छुवाछुत र भेदभाव कसुर र सजाय ऐन २०६८ आकर्षण हुने गरि अभिव्यक्ति दिएका थिए । चैत १८ गते हल्दीबारीमा पार्टीको बैठक सकेर फर्किएका पोर्तेललाई गिरीले फोनबाट गालीगलौज गर्दै जातीय विभेद, अपमान हुने गरी अभिव्यक्ति दिएका थिए । 

फोनमार्फत दलित अधिकारको क्षेत्रमा नेतृत्व गर्ने पोर्तेललाई जातको आधारमा अपमान र विभेद गर्ने गिरीलाई कानुनी कारबाही गर्न झापाका दलित संघ संगठनहरुले संयुक्त रुपमा अपिल समेत गरेका थिए ।

पोर्तेलमाथि गिरीले गरेको दुव्र्यवहार विरुद्ध झापाका दलित संघ संस्थाका प्रतिनिधिले विज्ञप्ति जारी गरेर कारबाहीको माग गरेका थिए । पोर्तेल नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय सचिव, नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहेका छन् ।





  • प्रकाशित मिति : वैशाख २, २०८१ आइतबार १२:३३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया