logo-img

कोलकातासँग १६१ रनमा रोकियो लखनउ, मिचेल स्टार्कको उत्कृष्ट बलिङ

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सलाई १ सय ६२ रनको लक्ष्य दिएको छ । कोलकाताको इडेन गार्डेनमा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६१ रन बनायो ।

उसका लागि निकालस पूरनले उत्कृष्ट इनिङ खेले । ३२ बलको सामना गरेका उनले चार छक्का र दुई चौकाको मद्दतमा ४५ रनको इनिङ खेलेका हुन् ।

यस्तै, कप्तान केएल राहुलले ३९, आयुष बडोनीले २९, क्विन्टन डिकक र मार्कस स्टोइनिसले १०/१० रन जोडे । कोलकाताका लागि मिचेल स्टार्कले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा २८ रन दिएर महत्वपूर्ण तीन विकेट हात पारे ।



यस्तै, वैभव अरोरा, सुनिल नारायण, वरुण चक्रवर्ती र आन्द्रे रसेलले एक/एक विकेट लिए । जारी सिजनमा कोलकाताले ४ खेल खेल्दा तीनमा जित र एक खेलमा पराजय बेहोरेको छ ।

ऊ अहिले ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । यस्तै, चौथो स्थानमा रहेको लखनउले पाँच खेल खेल्दा तीनमा जित र दुई खेलमा हारको सामना गरेको छ ।  
 





  • प्रकाशित मिति : वैशाख २, २०८१ आइतबार १७:३६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया