कांग्रेस सहमहामन्त्री परियार भन्छन्- ‘कांग्रेस सबै राजनीतिक दलको अभिभावक हो’
फाइल तस्बिर

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सबै राजनीतिक दलहरु मिलेर गणतन्त्रलाई संस्थागत विकास गर्नुपर्ने खाँचो औंल्याएका छन् । कांग्रेस चितवनले आज भरतपुरमा आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस सबै राजनीतिक दलको अभिभावक भएको दाबी गरे ।

‘पार्टीप्रति आमनागरिकले देखाएको विश्वासलाई मर्न दिइने छैन । जनताको भावना अनुसारका समसामयिक मुद्दालाई पार्टीले सधैं प्राथमिकतामा राखेर समाधान गर्दै आएको छ ।  यही कारण अहिलेसम्म कांग्रेसप्रति जनताका आस्था नटुटेको हो,’ परियारले भने ।

सो कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ र दिनेश कोइरालालगायतले पार्टीलाई बलियो बनाउँदै लैजान आन्तरिक एकतामा जोड दिनुपर्ने बताए । 





  • प्रकाशित मिति : वैशाख २, २०८१ आइतबार १९:१९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया