logo-img

एसिसी प्रिमियर कप : नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
तस्बिर : एसिसी

ओमानमा जारी एसिसी प्रिमियर कप टी–२० प्रतियोगिताअन्तर्गत आज हुने भनिएको नेपाल र हङकङबीचको खेल वर्षा बाधक बनेको छ ।

बिहान ११ः४५ देखि खेल सुरु हुनुपर्ने भए पनि अहिलेसम्म टससमेत हुन सकेको छैन । यद्यपि यो समाचार तयार पार्दासम्म पानी रोकिएको छ । अहिले अम्पायर खेल मैदानमा निरीक्षणमा छन् । 

जारी प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजीमा छ । नेपालले पहिलोमा मलेसियालाई ५ विकेट तथा दोस्रो म्याचमा कतारलाई ३२ रनले हरायो । नेपाल हङकङविरुद्ध पनि सहज जित निकाल्दै एक खेलअगावै सेमिफाइनलमा पुग्न चाहन्छ । 



हङकङले दुई खेल खेल्दा एकमा जित र एक खेलमा पराजय बेहोरेको छ । उसले पहिलोमा कतारलाई २६ रनले हराउँदा दोस्रो खेलमा साउदी अरेबियाविरुद्ध ५५ रनले पराजय बेहोर्‍यो ।  

हेड टु हेड हेर्दा हालसम्म नेपाल र हङकङले ११ टी–२० आईमा एकअर्काको सामना गरेका छन्, जसमा नेपालले ६ तथा हङकङले ४ खेलमा जित निकालेको विगत छ । यी दुई टिमबीचको एक खेल भने रद्द भएको छ ।  
 





  • प्रकाशित मिति : वैशाख ३, २०८१ साेमबार ११:५०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया