logo-img

हङकङको छैटौँ विकेट पतन, अविनाशलाई पहिलो सफलता
फाइल तस्बिर

ओमानमा जारी एसिसी प्रिमियर कप टी–२० प्रतियोगिताअन्तर्गत हङकङसँगको खेलमा नेपाललाई छैटौँ सफलता तीव्र गतिका बलर अविनाश बोहराले दिलाएका छन् । उनले १२.१ ओभरमा यासिम मुर्तजालाई २ रनमा बोल्ड गर्दै नेपाललाई छैटौँ सफलता दिलाएका हुन् ।  

नेपाललाई पाँचौं सफलता स्पिनर ललितनारायण राजवंशीले दिलाए । उनले ११.२ ओभरमा एजाज खानलाई सात रनमा एल्बीडब्लू धरापमा पारे । ललितले नै नेपाललाई चौथो सफलता दिलाएका थिए । उनले ९.२ ओभरमा बाबर हयातलाई ६ रनमा पवेलियन फर्काए । नेपाललाई तेस्रो विकेट अविनाश बोहराको ओभरमा गुलशनकुमार झाले रनआउटको रूपमा दिलाए । 

उनले ८.२ ओभरमा उत्कृष्ट फिल्डिङ गर्दै अंशुमन रथलाई ३४ रनमा रनआउट गरे । नेपाललाई दोस्रो सफलता पनि रनआउटको रूपमा प्राप्त भयो । हङकङको दोस्रो विकेट पतन हुनेक्रममा गुलशनकुमार झाको ओभरमा दीपेन्द्र सिंह ऐरीले कप्तान निजाकत खानलाई १२ रनमा रनआउट गरे । नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर करण केसीले दिलाए ।



उनले तेस्रो ओभरको पहिलो बलमा मार्टिन कोएत्जीलाई ८ रनमा आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका हुन् । पानी पर्दा टस हुन ढिलाइ भएको नेपाल र हङकङबीचको खेल १८ ओभरमा झारिएको छ । नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरिएको छ ।

नेपालले विवेककुमार यादवको स्थानमा करण केसीलाई मौका दिएको हो । जारी प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजीमा छ । नेपालले पहिलोमा मलेसियालाई ५ विकेट तथा दोस्रो म्याचमा कतारलाई ३२ रनले हरायो । नेपाल हङकङविरुद्ध पनि सहज जित निकाल्दै एक खेलअगावै सेमिफाइनलमा पुग्न चाहन्छ ।  





  • प्रकाशित मिति : वैशाख ३, २०८१ साेमबार १३:५६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया