डिपफेक भिडियोविरुद्ध आमिर खानले दिए उजुरी
फाइल तस्बिर

बलिउड अभिनेता आमिर खानले कुनै पनि राजनीतिक दलको समर्थनमा आफू नरहेको स्पष्ट पारेका छन् । भारतमा नजिकिँदै गरेको निर्वाचनमा आमिर यतिबेला एक राजनीतिक दललाई समर्थन गरेको डिपफेक भिडियोको सिकार बनेका छन् । 

हालै एक राजनीतिक पार्टीले चुनावी प्रचारका लागि आमिरको एक भिडियो बनाएको छ । यो भिडियो सार्वजनिक भएपछि अधिकांशले उनले उक्त पार्टीलाई समर्थन गरेको चर्चा चुलिएको छ ।

आमिरले यो मामलामा प्रहरीमा उजुरी दिँदै एक विज्ञप्ति जारी गरेका छन् । उनले विज्ञप्तिमा कुनै पनि राजनीतिक दल प्रति आफ्नो लेनादेना नरहेको उल्लेख गरेका छन् ।

मंगलबार आमिरका आधिकारिक प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै उक्त विशेष क्लिप ‘झुटो’ रहेको बताएका छन् । उनले आमिरले यो विषयमा मुम्बई प्रहरीमा एफआईआर पनि दर्ता गराएको उल्लेख गरेका छन् ।

‘हामी स्पष्ट पार्न चाहन्छौं कि आमिर खानले आफ्नो ३५ बर्से करियरमा कहिल्यै पनि कुनै राजनीतिक दलको समर्थन गरेनन् । उनले पछिल्ला कैयौं चुनावमा चुनाव आयोगको जन जागरुकता अभियानको माध्यमबाट जागरुकता बढाउने प्रयास गरेका छन् । हामी हालै भाइरल भिडियोबाट चिन्तित छौं । भिडियोमा आमिर खान एक विशेष राजनीतिक दललाई बढावा दिइरहेको आरोप छ । हामी यो स्पष्ट पार्न चाहन्छौं कि त्यो फर्जी भिडियो हो र पूर्ण रुपमा झुटो हो’, विज्ञप्तिमा भनिएको छ । 

कामको कुरा गर्दा आमिर चाँडै ‘सितारे जमिन पर’मा देखिँदै छन् । यसबाहेक उनी ‘लाहोर १९४७’ निर्माण गर्दै छन् । उनको पछिल्लो रिलिज फिल्म ‘लाल सिंह चढ्ढा’ हो ।





  • प्रकाशित मिति : वैशाख ५, २०८१ बुधबार ८:१६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया