राजनीति पछ्याउँदै परिणीति

अभिनेत्री परिणीति चोपडा हालका दिनमा फिल्म ‘अमर सिंह चमकिला’लाई लिएर चर्चामा छिन् । यो फिल्ममा उनको अभिनयको तारिफ राम्रै भइरहेको छ । निजी जिन्दगीलाई लिएर पनि परिणीति निकै चर्चामा आउँछिन् ।

गत वर्ष उनले आम आदमी पार्टीका नेता राघव चड्ढासँग विवाह गरिन् । दुवैले भव्य समारोहबीच उदयुरमा विवाह गरेका थिए । विवाहअघि परिणीतिलाई राजनीतिमा कुनै रुचि थिएन । उनले अन्तरवार्ताहरूमा आफूले कोही राजनीतिज्ञसँग विवाह नै नगर्ने बताएकी थिइन् । यद्यपि अहिले उनको विवाह राजनीतिज्ञसँग मात्र भएन, राजनीतिप्रति उनको रुचि पनि बढ्दै गएको छ ।

हालैको एक अन्तरवार्तामा राजनीति रुचि बारे बताएकी छन् । उनले राघवसँगको पहिलो भेटका बारेमा सम्झँदै त्यो समयमा राघव राजनीतिक पृष्ठभूमिका हुन् भन्नेसमेत आफूले थाहा नपाएको उल्लेख गरेका छन् । ‘अहिले म राजनीति पछ्याउँदै छु । अब त यो काम गर्नै पर्छ’, उनले भनेकी छन् ।

उनले पति राघवप्रति गुनासो पनि गरेकी छन् । ‘उहाँप्रति मेरो यो गुनासो छ कि उहाँ मनोरञ्जनमा चासै लिनु हुन्नँ । उहाँले पछिल्लो पटक कुन फिल्म हेर्नुभयो भन्ने कुरा कि भगवानलाई थाहा छ कि उहाँलाई मात्रै’, परिणीति भन्छिन् ।

परिणीतिका अनुसार राघवलाई फिल्मभन्दा बढी रुचि संगीतमा छ । उनले राघव र आफूबीच भेट हुँदा व्यावसायिक कुरा भन्दा पनि व्यावसायिक जीवनभन्दा बाहिरका कुरा बढी हुने खुलाइन् । 





  • प्रकाशित मिति : वैशाख ५, २०८१ बुधबार १४:८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया