logo-img

साउदीविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, करणले दोस्रो बलमै दिलाए विकेट

ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेटमा साउदी अरेबियाविरुद्ध नेपाललाई पहिलो ओभरमै सफलता मिलेको छ । नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर करण केसीले दिलाए । 

उनले पहिलो ओभरको दोस्रो बलमा साउदीका ओपनर फैजल खानलाई ६ रनमा आउट गरे । नेपालले आजको खेलमा टस जितेर पहिले बलिङ रोजेको हो । पिच भिजेका कारण ढिला सुरु भएको ८ ओभरमा झारिएको छ । 

नेपालको प्लेइङ–११ : आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहितकुमार पौडेल (कप्तान), सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, अविनाश बोहरा, प्रतिश जिसी र ललितनारायण राजवंशी ।  







  • प्रकाशित मिति : वैशाख ५, २०८१ बुधबार १४:२६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया