एसिसी प्रिमियर कप : नेपालले सेमिफाइनलमा युएईसँग प्रतिस्पर्धा गर्ने

नेपालले एसिसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग प्रतिस्पर्धा गर्ने भएको छ। समूह ‘ए’को विजेता बनेको नेपालले समूह ‘बी’को उपविजेता युएईसँग फाइनल प्रवेशका लागि शुक्रबार प्रतिस्पर्धा गर्ने भएको हो।

युएईले बुधबार कम्बोडियालाई नौ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको छ । शुक्रबार नै अर्को सेमिफाइनलमा आयोजक ओमान र हङकङबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको समूह चरणमा नेपाल अपराजित भयो। बुधबार साउदी अरबलाई ६ विकेटले पराजित गर्दै नेपाल समूह ‘ए’ मा अपराजित रहेको हो।

यसअघि नेपालले समूहमा मलेसिया, कतार र हङकङलाई पराजित गरेको थियो। प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ।

सन् २०२५ को एसिया कप टी–२० फर्म्याटमा हुनेछ। शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन्। 
प्रतियोगितालाई आइसिसी टी–२० विश्वकपको तयारीको रूपमा लिइएको छ।

गत वर्ष नेपालमा भएको प्रतियोगिता जितेको नेपालका लागि उपाधि रक्षा गर्ने चुनौती पनि छ।





  • प्रकाशित मिति : वैशाख ५, २०८१ बुधबार २०:५४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया