चार स्रष्टा सम्मानित

साहित्यकार पारिजातको स्मृतिमा चार जना स्रष्टालाई सम्मान गरिएको छ । 

पारिजात स्मृति केन्द्रद्वारा आज आयोजित कार्यक्रममा सम्मानित हुनेमा पारिजात सिर्जना सम्मान २०८० बाट साहित्यकार शोभा दुलाल, पारिजात बालसाहित्य सम्मान २०८० बाट प्रा.डा. ध्रुव घिमिरे, पारिजात कलासाहित्य २०८० बाट उदय श्रेष्ठ र पारिजात संघर्षशील नारी सम्मान २०८० बाट निर्मलादेवी साह सम्मानित भएका हुन् । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले सम्मानपत्र र दोसल्ला ओडाएर  सम्मान गरेका हुन् । सो अवसरमा कुलपति राईले तत्कालीन समयमा साहित्यका क्षेत्रमा प्रतिपक्षको आवाज उठाउने पारिजात नै रहेको बताए । 

अन्तर्राष्ट्रिय संघ–संस्थासँग समेत आबद्ध रहेका साहित्यकार पारिजातले मदन पुरस्कार, गंकी पुरस्कार पाण्डुलिपि पुरस्कारसमेत प्राप्त गरेका थिए । 

पारिजातको दीर्घरोगका कारण ०५० वैशाख ५ गते निधन भएको थियो । 

कार्यक्रममा केन्द्रका अध्यक्ष मातृका पौडेलले पारिजात नेपाली साहित्यको उच्च व्यक्तित्व रहेको बताए । 





  • प्रकाशित मिति : वैशाख ५, २०८१ बुधबार २१:१४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया