लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा

इङ्ग्लिस क्लब लिभरपुललाई ३–१ ले हराउँदै इटालियन क्लब एटलान्टा युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
 
गएराति एटलान्टाको मैदानमा भएको दोस्रो लेगमा लिभरपुलले घरेलु टोलीलाई १–० ले हराए पनि आफ्नै मैदानमा बेहोरेको ३–० को पराजयले लिभरपुललाई प्रतियोगिताबाट बाहिर पुर्याएको हो । 

दोस्रो लेगमा मोहम्मद सलाहको सातौँ मिनेटको पेनाल्टी गोल निर्णायक बनेको थियो । अब सेमिफाइनलमा एटलान्टाले फ्रेन्च क्लब मार्सेसँग प्रतिस्पर्धा गर्नेछ । मार्सेले पोर्चुगिज क्लब बेन्फिकालाई पेनाल्टी सुटआउटमा ४–२ ले हरायो । 

यस्तै वेष्टह्याम युनाइटेडलाई समग्रमा ३–१ ले हराउँदै जर्मन क्लब बायर लिभरकुसेन र एसी मिलानलाई समग्रमा ३–१ ले हराउँदै इटालियन क्लब रोमा पनि अन्तिम चारमा पुगेका छन् । 





  • प्रकाशित मिति : वैशाख ७, २०८१ शुक्रबार ७:१७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया