logo-img

विश्व स्वास्थ्य संगठनको स्वीकारोक्ति- कोरोना हावाबाट फैलिएको हो

पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) विषयमा नयाँ तथ्य सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र संसारभरका पाँचसय बढी वैज्ञानिकले अन्ततः कोभिड संक्रमण हावाबाट फैलिएको स्वीकार गरेका छन् । 

यस सम्बन्धमा अहिलेसम्म विभिन्न विज्ञहरूले विभिन्न दाबी गर्दै आएका थिए । यस सम्बन्धमा प्रमाणसहितका प्राविधिक कागजातहरू बिहीबार डब्ल्यूएचओको जेनेभा मुख्यालयबाट जारी गरिएको छ ।

डब्ल्यूएचओले प्राविधिक कागजातले दादुरा र भविष्यमा महामारीको खतरा जस्ता विद्यमान रोगहरूको प्रसारलाई राम्रोसँग व्यवस्थापन गर्न रणनीतिहरू बनाउन पनि जोड दिएको छ ।



कोभिड संक्रमण हावाबाट सर्ने संक्रामक रोगको श्रेणीमा राख्न सकिने पनि उल्लेख गरिएको छ । भाइरस हावाबाट मानिसहरूमा पुग्ने र त्यसले संक्रमित गराउन मद्दत गर्ने निष्कर्ष पनि वैज्ञानिकहरूले निकालेका छन् । 





  • प्रकाशित मिति : वैशाख ७, २०८१ शुक्रबार ८:२५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया