logo-img

गृहमन्त्री लामिछाने भन्छन्- ‘देशको इतिहास लेख्न हिँडेको छु, पत्रिकाको हेडलाइनसँग चिन्ता छैन’
‘बेइमानसँग कहिल्यै इमानदारिताको प्रमाण देखाउँदैन’
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले देशको इतिहास लेख्न आफू अघि बढेको बताएका छन् ।

इलाम २ को उपनिर्वाचनमा सहभागिता जनाउँदै उनले आफूले बेइमानसँग कहिल्यै पनि आफ्नो इमानदारिताको प्रमाण नदेखाउने प्रष्ट पारे । तर, आफूले इमानदारसँग भने आफ्नो इमानको प्रमाण देखाउने उनको भनाइ छ ।

‘मलाई पत्रिकामा के लेखिन्छ, थाहा छैन ? यो देशको इतिहास लेख्न हिँडेको मान्छे हुँ । पत्रिका आज सकिन्छ, इतिहास भोलि लेखिन्छ,’ गृहमन्त्री लामिछानेले भने, ‘आजको पत्रिकाको हेडलाइनको चिन्ता होइन, भोलिको भविष्यको चिन्ता छ । तपाईंहरूले पत्रिकाको हेडलाइनको चिन्ता नलिनुहोस् ।’



उनले यो देशलाई परिवर्तन गरेरै देखाउने हुटहुटी रहेको सुनाए । गृहमन्त्री लामिछानेले आफ्नो नेतृत्वमा देशमा चितवनबाट नीलो क्रान्ति गरेको बताए ।   





  • प्रकाशित मिति : वैशाख ७, २०८१ शुक्रबार १६:२६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया