logo-img

कूटनीतिज्ञ थापा र शाहलाई वसुन्धराश्री मानश्री पुरस्कार

यस वर्षको वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा भेषबहादुर थापा र विन्दाश्वेरी शाहलाई प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशि नगद रु ७५ हजार र सम्मानपत्र रहेको छ ।

वसुन्धरा मान प्रज्ञा–प्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा शुक्रबार बसेको विशेष बैठकले यो निर्णय गरेको हो । कूटनीतिज्ञ डा थापा भारत र संयुक्त राज्य अमेरिकाका लागि पूर्वराजदूत एवं पूर्वपरराष्ट्रमन्त्री हुन् ।  

यसैगरी, कूटनीतिज्ञ शाहले पहिलो नेपाली कूटनीतिज्ञ र पहिलो महिला राजदूतका रुपमा विशिष्ट परिचय कायम गरेकोमा उनको सम्मान गर्दै यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।
 







  • प्रकाशित मिति : वैशाख ७, २०८१ शुक्रबार २०:५७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया