logo-img

सगरमाथा आरोहणका लागि ३५२ आरोहीले लिए अनुमति, साढे ५६ करोड राजस्व संकलन
फाइल तस्बिर

यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि ३ सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३३ आरोही समूहका ६५ महिला र २ सय ८७ पुरुष गरी जम्मा तीन सय ५२ आरोहीले अनुमति लिएका हुन् । 

हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका छन् । विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले सगरमाथा आरोहण गर्न उत्साहजनक रुपमा आरोही आइरहेको बताए । उनले यो वर्ष चार सयभन्दा बढी आरोही आउने विश्वास व्यक्त गरे ।

अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए । सगरमाथासहितका विभिन्न २४ हिमाल आरोहणको अनुमतिबापत हालसम्म ५६ करोड ४० लाख ३१ हजार १ सय ८१ रुपैयाँ राजस्व सङ्कलन भएको छ । रासस 







  • प्रकाशित मिति : वैशाख ७, २०८१ शुक्रबार २१:५४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया