logo-img

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा चिकित्सा विषयमा स्नातकोत्तर तह (एमडी) को पठनपाठन सुरुआत भएको छ । प्रतिष्ठानमा पहिलोपटक एमडी तहको पठनपाठन थालिएको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने जानकारी दिए । 

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले एमडी तहमा अध्ययनका लागि भर्ना भएका चिकित्सकलाई स्वागत गरे । सो अवसरमा प्रतिष्ठानले पछिल्लो समय स्वास्थ्य सेवा विस्तारसँगै प्रदान गरिरहेको सेवाका बारेमा जानकारी पनि गराइएको थियो । 

चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानका लागि निर्धारण गरेको चारवटा सिटमा एमबिबिएस तह अध्ययन पूरा गरेका चिकित्सक एमडी तहमा भर्ना भएका थिए । तीमध्ये एमडीजिपीमा दुई, गाइनोकोलोजीमा एक र अर्थोपेडिकमा एकजना रहेका छन् । एमडी तहको पठनपाठनका लागि प्रोफेसर डा नारायणसिंह गुरुङ, एसोसिएट प्रोफेसर डा वसन्त लामिछाने, प्रतिष्ठानका डिन सागर पन्थीलगायत खटिने भएका छन् ।



लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री पुनले स्वास्थ्य क्षेत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पछिल्लो समय प्रदान गर्दै आएको स्वास्थ्य सेवामा गुणस्तर कायम राख्दै शैक्षिक कार्यक्रम सञ्चालनको थालनी गर्नु यस क्षेत्रका लागि ठूलो उपलब्धि रहेको बताए ।  





  • प्रकाशित मिति : वैशाख ७, २०८१ शुक्रबार २२:३४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया