logo-img

देशकोे राजनीतिक परिवर्तनमा गोरखा जिल्लाको निकै ठूलो योगदान : परराष्ट्रमन्त्री श्रेष्ठ

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आज भित्तेपात्रो सार्वजनिक गरेका छन् । गोरखामा जन्मेर काठमाडौंमा पत्रकारिता गरिरहेका पत्रकारहरुको समाजले प्रकाशन गरेको भित्तेपात्रो सार्वजनिक गर्दा परराष्ट्रमन्त्री श्रेष्ठले देशको भूराजनीतिको संवेदनशीलतामाथि पनि चर्चा गरेका थिए ।

गोरखामै जन्मेका श्रेष्ठले देशकोे राजनीतिक परिवर्तनमा गोरखा जिल्लाको निकै ठूलो योगदान रहेको चर्चा गरे । उनले राजनीतिक परितर्वतनको औचित्य पुष्टि हुनेगरी आर्थिक समृद्धिको यात्रामा क्रियाशील हुनुपर्ने पनि बताए ।

    
उनले संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिँदै शान्तिप्रक्रियाको बाँकी काम पूरा नगरी मुलुकमा दिगो शान्ति कायम हुन नसक्ने दाबी गरे ।



पछिल्लो समय विश्व परिस्थितिमा ठूलो बदलाव आएको उल्लेख गर्दै उनले भू–राजनीतिक अवस्थालाई ख्याल गर्दै कूटनीतिक श्रेष्ठता हासिल गर्नुपर्ने बताए ।





  • प्रकाशित मिति : वैशाख ८, २०८१ शनिबार १३:३७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया