logo-img

लोकतान्त्रिक गणतन्त्रको विकल्प निरंकुश सामन्ती व्यवस्थाको पुनःस्थापना हुनै सक्दैन : ओली

नेपाल (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा पार्टीभित्र कुनै विवाद नभएकाले वैचारिक र भावनात्मक एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् । 

आजदेखि सुरु भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले समाजवाद निर्माणको लक्ष्य पूरा गर्न एमाले बलियो शक्ति हुनु आवश्यक रहेको बताए । 

अध्यक्ष ओलीले भने, ‘गत महाधिवेशनयताका २९ महिनामा पार्टीले उत्पन्न जटिल अवस्थाको कुशलतापूर्वक सामना गरी हालको सहज परिस्थितिमा रहेकोे हो ।’



ओलीले मुलुकमा राजतन्त्र फर्काउन खोज्ने कुनै पनि प्रयास सफल नहुने बताएका छन्। आजको लोकतान्त्रिक युगमा पनि जन्मजात श्रेष्ठताको सामन्ती मान्यता बोक्ने र आफ्नै अयोग्यता, असफलता र कर्मका कारण जनताबाट विस्थापित राजतन्त्र पुनःस्थापना नहुनेमा ढुक्क हुन पनि सबैलाई आग्रह गरे।

अध्यक्ष ओलीले लोकतान्त्रिक गणतन्त्र विकल्प निरंकुश सामन्ती व्यवस्थाको पुनःस्थापना हुनै नसक्ने जिकिर गरे। उनले प्रतिकूल राजनीतिक शक्ति सन्तुलनबीच पनि सकारात्मक शक्तिहरूलाई गोलबन्द गर्दै स्थायित्वका लागि प्रयास गर्नु, राष्ट्रियताका आघात पुग्ने सम्भावनाप्रति चनाखो रहनु तथा समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई अगाडि बढाउन एमालेले प्रभावकारी भूमिका खेल्नुपर्ने पनि बताए।

ओलीले भने, ‘आजको लोकतान्त्रिक युगमा पनि जन्मजात श्रेष्ठताको सामन्ती मान्यतालाई बोक्ने र आफ्नै अयोग्यता, असफलता र कर्मका कारण जनताबाट विस्थापित राजतन्त्र फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैन। यसमा हामी ढुक्क भए हुन्छ।’



अध्यक्ष ओलीले नेपाली जनताको समृद्धिको आकांक्षालाई सम्बोधन गर्ने काममा एमाले गम्भीर भएर लाग्नुपर्ने समेत बताए।



  • प्रकाशित मिति : वैशाख ८, २०८१ शनिबार १४:२४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया