logo-img

धनकुटामा माइक्रो दुर्घटना, १९ जना घाइते

धनकुटामा गएराति भएको माइक्रोबस दुर्घटनामा १९ जना घाइते भएका छन् । काठमाडौंबाट संखुवासभातर्फ जाँदै गरेको बा५ख ७२४ नं को माइक्रोबस बिहान २ः१५ बजेतिर धनकुटा नगरपालिका ९ मूलघाट–रुद्रबारीमा दुर्घटना भएको हो । 

माइक्रो बसअनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा घाइते भएकाको उद्धार गरी नौजनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र बाँकीलाई जिल्ला अस्पताल धनकुटा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ  । 







  • प्रकाशित मिति : वैशाख ८, २०८१ शनिबार १६:७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया