logo-img

कांग्रेस नेता प्रदीप पौडेल भन्छन्- अब देशलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्छ
फाइल फाेटाे

नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले नयाँ वर्षमा मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने बताएका छन् । 

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ प्रदेश (क) ले नयाँ वर्षको उपलक्ष्यमा आज सपनतीर्थमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम’मा विसं २०८१ मा नयाँ आशा र विधिको शासन स्थापनामा राजनीतिक दल लाग्नुपर्ने बताएका हुन् । 

काठमाडौं क्षेत्र नं ५ का सांसद पौडेलले निराशाले समस्याको समाधान नहुने भएकाले नयाँ आशाका साथ देशलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । ‘विसं २०८० मा हरेक क्षेत्रमा धेरै प्रश्न उठेका छन्, यस वर्ष उत्तर खोज्ने गरी हामी लाग्नुपर्छ’, उनले भने । 



नेता पौडेलले ८० को दशक निकै चुनौतीपूर्ण दशक रहेकाले यसको समाधानका लागि एकताबद्ध हुन जरुरी रहेको उल्लेख गरे । उनले जलवायु परिवर्तनका कारण वायुप्रदूषणसमेत अत्यधिक बढ्दै गएको भन्दै यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको बताए । 

नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले नयाँ वर्षसँगै कांग्रेसलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने उल्लेख गरे । उनले कांग्रेसले मात्र देशलाई स्थायित्व दिनसक्ने भएकाले कांग्रेसलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिए । 

काठमाडौं क्षेत्र नं ६ प्रदेश (क) का सभापति एवम् काठमाडौं महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष ख्यामराज तिवारीले पार्टीभित्र देखिएको गुठ उपगुठको अन्त्य गर्दै पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ प्रदेश (क)का कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो । 





  • प्रकाशित मिति : वैशाख ८, २०८१ शनिबार १८:२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया