logo-img

अफ्रिकामा डुंगा डुब्दा ५८ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

मध्य अफ्रिकी गणतन्त्रको राजधानी बान्गुईमा एउटा डुंगा नदीमा पल्टिँदा कम्तीमा ५८ जनाको मृत्यु भएको नागरिक सुरक्षा प्रमुखले शनिबार बताएका छन् ।

डुंगा डुब्दै गरेको दृष्यको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । अन्त्येष्टिका लागि गएका उनीहरूसँगै अन्य व्यक्ति पनि रहेको अनुमान गरिएको छ । 

भिडियोअनुसार डुंगामा ३०० भन्दा बढी मानिस सवार थिए । डुंगा शुक्रबार मपोको नदीमा पल्टिएको थियो ।



‘हामीले पानीमा डुबेका ५८ मृत शरीरलाई पानीबाट निकालेका छौँ,’ थोमस जिमासेले रेडियो गुइरासँग भने, ‘कति मानिस पानीमा डुबेका छन् भन्ने सही जानकारी अझै हामीलाई प्राप्त भइसकेको छैन ।’





  • प्रकाशित मिति : वैशाख ८, २०८१ शनिबार २३:१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया