logo-img

एसिया कपमा स्थान बनाउन यूएई र ओमान भिड्दै

एसिसी प्रिमियर कप टी–२० प्रतियोगिताको फाइनलमा आज आयोजक ओमान र यूएई खेल्दै छन् । यी दुई टोलीबीचको फाइनल भिडन्त आज अपरान्ह ४ः१५ देखि सुरु हुनेछ । 

ओमान अपराजित रहँदै फाइनल खेल्न लागेको हो । उसले सेमिफाइनलमा हङकङलाई ५ विकेटले हराएर फाइनलको यात्रा गर्‍यो । यूएई गत संस्करण विजेता नेपाललाई ६ विकेटले स्तब्ध बनाउँदै फाइनल खेल्न लागेको हो । आजको विजेता टिमले आउँदो वर्ष हुने टी–२० ढाँचाको एसिया कप खेल्न पाउनेछ । 

जारी प्रतियोगितामा ओमान र यूएई समूह ‘बी’ मा थिए । समूह चरणमा ओमानले यूएईलाई ९ विकेटले हराएको थियो । ऊ आज पनि सोही लय दोहोर्याउन चाहन्छ । यूएई भने उक्त हारको बदला लिँदै एसिया कपको यात्रा गर्न चाहन्छ । 



नेपाल भने यसपटक एसिसी प्रिमियर कपको चौथो स्थानमा रह्यो । शनिबार तेस्रो स्थानका लागि भएको खेलमा हङकङसँग ४ विकेटले पराजित भएपछि नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा समेत छनोट हुन वञ्चित भयो ।  
 





  • प्रकाशित मिति : वैशाख ९, २०८१ आइतबार १०:३३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया