logo-img

पहिचानको मुद्दा कांग्रेसले मात्र सम्बोधन गर्न सक्छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता एवम् सांसद प्रदीप पौडेलले निर्वाचनका मुखमा गठबन्धन गरेर आउने दलहरूलाई पराजित गर्न आव्हान गरेका छन् ।

आइतबार इलाम २ को उपनिर्वाचनका लागि घरदैलो अभियानमा सहभागी भएका नेता पौडेलले ०४८ यता नेकपा एमालेले एक्लै चुनाव लड्न नसकेको उल्लेख गरे । उनले किरात सभ्यता भनेको कुनै समुदायमा केन्द्रित नभई नेपालको सभ्यता भएकाले सबैको अस्तित्व स्विकार्न सक्नुपर्ने बताए ।

उनले भने,‘संस्कृति र सभ्यता सबै व्यक्तिको मौलिकता हो । हरेक व्यक्तिले आफ्नो मौलिकता सुरक्षित राख्न पाउनुपर्छ । किरात सभ्यता भनेको नेपालको सभ्यता र संस्कृति भएकाले यसका लागि कांग्रेस गम्भीर छ । सबैको अस्तित्व स्विकारेर हिँड्न कांग्रेस सधैँ तयार छ ।’



२०७९ को निर्वाचनमा कांग्रेसले गठबन्धन गरेर गल्ती गरेको उल्लेख गर्दै जनताले स्पष्ट मतदान गरेको बताए । वैशाख १५ को निर्वाचनमा डम्बर खड्का एक्लै मैदानमा रहेकाले स्पष्ट विचार भएको कांग्रेस पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गरे । सबैको पहिचान स्थापित गर्न ठूलो दल कांग्रेसले इलामबाट जित्नुपर्ने उनको भनाइ छ ।

‘इलामको समस्या बुझेको, सबै समुदायको पहिचान बुझेको र दशकौँदेखि इलामेली जनताको मनमा बसेको नेता डम्बर खड्का नै हुन । उनलाई विजयी गरेर पठाउँदा संघीय संसदमा पहिलो दल रहेको कांग्रेसले पहिचानलगायतका मुद्दा सम्बोधन गर्न सक्छ,’ नेता पौडेलले भने । 

इलामको समृद्धिमा सघाउन कांग्रेसका उम्मेदवार एक्लै नभएको उल्लेख गरेका पौडेलले डम्बर खड्कालाई सिङ्गो पार्टीलाई साथ दिने बताए ।  





  • प्रकाशित मिति : वैशाख ९, २०८१ आइतबार १७:५२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया