logo-img

लगानी सहजीकरण सम्बन्धी अध्यादेश जारी गर्ने सरकारको तयारी

सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारीका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारीका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको र राष्ट्रपतिबाट सिफारिस भएपछि अध्यादेश जारी हुने नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 

उनले भनिन्,‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको छ । यो अध्यादेश राष्ट्रपति समक्ष  पेस भएपछि जारी हुनेछ ।’



त्यस्तै सरकारले मंगलबार कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने भएपछि सार्वजनिक बिदा दिने निर्णय गरेको पनि उनले जानकारी दिइन् । 

विपदबाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनर्स्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सह लगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने पनि उनले जानकारी दिइन । 

त्यस्तै मन्त्रिपरिषद्को बैठकले अर्थ सचिवमा मधुकुमार मरासिनीलाई र अर्थ सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरेको पनि शर्माले जानकारी दिइन ।  





  • प्रकाशित मिति : वैशाख १०, २०८१ साेमबार १३:५९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया