logo-img

मोटरसाइकल दुर्घटनामा पत्रकार यादवको निधन

मोटरसाइकल दुर्घटनामा पत्रकार विनय यादवको निधन भएको छ । प्रहरीका अनुसार सोमबार राति जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने मिथिला नगरपालिका–६ मा यादव आफैंले चलाएको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

गएराति १ बजे दुर्घटनामा परेका यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा बिहान ६ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवालेले जानकारी दिए ।

दुर्घटनामा पत्रकार यादवका साथी धनुषाधाम-५ कै करिब ३० वर्षीय लक्ष्मीनारायण यादव घाइते भएका छन् । 





  • प्रकाशित मिति : वैशाख ११, २०८१ मंगलबार ९:३६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया