logo-img

मलेसियामा दुई सैन्य हेलिकोप्टर ठोक्किँदा १० जनाको मृत्यु

मलेसियामा दुई सैनिक हेलिकोप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ९०औँ सैनिक दिवस मनाउन अभ्यासरत दुई सैन्य विमान ठोक्किँदा १० जनाको मृत्यु भएको हो ।   

रोयल मलेसियन नेभी परेडका क्रममा एउटा हेलिकोप्टर अर्को हेलिकोप्टरको पङ्खामा ठोक्किएपछि जमिनमा खसेका थिए । एउटा हेलिकोप्टरमा सातजना र अर्कोमा तीनजना सवार थिए ।   

सरकारले दुर्घटनाग्रस्त दुई नौसेना हेलिकोप्टरको कारण पत्ता लगाउन छानबिन बोर्ड गठन गर्ने जनाएको छ ।   







  • प्रकाशित मिति : वैशाख ११, २०८१ मंगलबार ११:२३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया