logo-img

जनकपुरको एक होटलमा महिला र पुरुष मृत फेला

जनकपुरको एक होटलमा आज दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जनकपुरको रामानन्द चोकमा रहेको होटल होलिडे एण्ड गेष्टहाउसमा एक महिला र एक पुरुष मृतअवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

महोतरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान तथा पिपरा नै माइती भएकी महोत्तरी लोहरपटी नगरपालिका–४ की २५ वर्षीया प्रियंका कापर झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

होटलको कोठा नं २०५ मा दुवैजनाले सलको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको जिल्लाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जन आवाले जानकारी दिए । महिलाको अढाई वर्षीया छोरी कोठाभित्र रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा सलको पासोमा दुवैजना झुन्डिएको अवस्थामा भेटिएको थियो ।

प्रहरी टोली घटनास्थल पुगेर बालिकालाई कोठाबाट बाहिर निकालेको थियो । दुवैजनाको शव परीक्षणका लागि अस्पताल पठाएर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । 

मृतक दुवैजना सो होटलमा चार दिनदेखि बस्दै आएका थिए । पुरुष पासवानको चार सन्तान र महिला कापरको एक छोरी रहेको जनाइएको छ । ती दुईबीचमा अनैतिक सम्बन्ध हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।





  • प्रकाशित मिति : वैशाख ११, २०८१ मंगलबार २२:२७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया