logo-img

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी श्रेष्ठ

नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी श्रेष्ठ मनोनीत भएका छन् । चेम्बरका पूर्वअध्यक्ष श्रेष्ठलाई सल्लाहकार परिषद्को अध्यक्षमा मनोनयन गरेको हो ।

चेम्बरको संस्थागत विकास एवं व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिने परिषद् सदस्यमा पूर्वअध्यक्षहरू महेशकुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार र सुरेशकुमार बस्नेतलाई मनोनयन गरिएको छ ।​

परिषद्ले सरकार र निजी क्षेत्रबीचको समन्वय, अन्तराष्ट्रिय सम्बन्ध विस्तार, उद्यमी एवं व्यवसायीका हकहित संरक्षणका साथै निजी क्षेत्रको भूमिकालाई सशक्त तुल्याउन समन्वय गर्ने चेम्बरले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।  







  • प्रकाशित मिति : वैशाख १२, २०८१ बुधबार ६:२८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया