logo-img

चेल्सीलाई हराउँदै शीर्षमा फर्कियो आर्सनल

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीविरुद्ध एकतर्फी जित निकाल्दै आर्सनल तालिकाको शीर्ष स्थानमा फर्किएको छ । मंगलबार राति भएको खेलमा आर्सनलले चेल्सीको पोस्टमा ५ गोल गर्‍यो ।

यो जितसँगै आर्सनलले प्रिमियर लिग तालिकामा तीन अंकको अग्रता लिएको छ । ऊ ३४ खेलबाट ७७ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिँदा दोस्रो स्थानमा रहेको लिभरपुलको ३३ खेलबाट ७४ अंक छ ।

आर्सनलसँग पराजित चेल्सी भने ३२ खेलबाट ४७ अंकका साथ तालिकाको नवौँ स्थानमा छ । मंगलबार रातिको खेलमा आर्सनलको जितमा बेन ह्वाइट र केइ हार्भाटेजले दुई/दुई तथा लियोनार्दो ट्रोसान्डले एक गोल गरे ।

आर्सनलको घरेलु मैदानमा ट्रोसान्डले डेक्लन राइसको पासमा गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको आर्सनलले बाँकी चार गोल दोस्रो हाफमा गरेको थियो ।



५२ औं मिनेटमा ह्वाइटले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । ५७ औं मिनेटमा हार्भाटेजले मार्टिन ओडेगार्डको पासमा गोल गर्दै अग्रता तेब्बर बनाए । हार्भाटेजले बकायो साकाको पासमा ६५ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे ।

७९ औं मिनेटमा ओडेगार्डको पासमा व्यक्तिगत दोस्रो गोल गर्दा आर्सनल ५–० ले विजयी भयो । प्रिमियर लिगमा आज चार खेल हुनेछन् । राति साढे १२ बजे वुल्भ्स र बर्नमाउथ भिड्दा पौने १ बजे क्रिस्टल प्यालेस र न्युक्यासल युनाइटेड, एभर्टन र लिभरपुल तथा म्यानचेस्टर युनाइटेड र सेफिल्ड युनाइटेड आमनेसामने हुनेछन् । 



  • प्रकाशित मिति : वैशाख १२, २०८१ बुधबार ७:३२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया