logo-img

उपनिर्वाचन : आज मध्यरातिबाट मौन अवधि, के-के गर्न पाइँदैन ?

प्रतिनिधिसभा इलाम क्षेत्र नं २ र बझाङ–१ (१) मा हुने उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि प्रचार गर्न पाइने छैन । यही १५ वैशाखमा हुने निर्वाचनका लागि बुधबार राति १२ बजेदेखि मौन अवधि प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि कसैले पनि उम्मेदवार वा राजनीतिक दलका बारेमा प्रचारप्रसार गर्न पाइँदैन । मौन अवधि सुरु भएपछि कुनै पनि दल, उम्मेदवार भएका व्यक्ति, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यमले समेत चुनाव प्रचार–प्रसार गर्न पाउने छैनन् ।  

एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युत्तीय माध्यम प्रयोग गरेर मत माग्न र निर्वाचन प्रचार गर्न समेत रोक लगाइएको निर्वाचन आयोगले जनाएको छ । सामाजिक सञ्जालबाट गरिएका प्रचार सामग्री हटाउन पनि राजनीतिक दललाई आयोगले अनुरोध गरेको छ ।



आयोगले उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अंकित पहिरन टोपी, स्टिकर, लोगो, झोलाजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न पनि रोक लगाएको छ । 

वैशाख १५ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ । निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा गरेको जनाएको छ । रिक्त प्रतिनिधिसभा इलाम क्षेत्र नं. २ मा १९ र  प्रदेश सभा बझाङमा १ (१) मा ११ जना उमेदवार प्रतिस्पर्धामा छन् । 
 





  • प्रकाशित मिति : वैशाख १२, २०८१ बुधबार ८:३८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया