logo-img

‘फर्की फर्की’को विदेश वितरण अधिकार धमाधम बिक्री

आगामी जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘फर्की फर्की’को विदेश अधिकार धमाधम विक्री भइरहेको छ । फिल्मका निर्माता रोहित अधिकारीका अनुसार जापान पछि दक्षिण कोरियाका लागि फिल्मको वितरण अधिकार बिक्री भएको छ ।

फिल्मलाई जापानमा सुभाष लामिछानेले वितरण गर्ने पक्का भएको छ । यस्तै, दक्षिण कोरियामा फिल्मको वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्टले लिएको छ ।

नेपाली फिल्मका लागि सर्वाधिक राम्रो मानिएको अस्ट्रेलियाको बजारमा ब्ल्याक आई क्रियशनले फिल्म वितरणको जिम्मा लिएको छ । हङकङमा भने फिल्मलाई ओपिजी फिल्मस्ले विक्री गर्नेछ ।

अन्य देशमा पनि फिल्मको अधिकार विक्रीका लागि कुरा भइरहेको निर्माता अधिकारीले बताएका छन् । फिल्मको ट्रेलरले २३ लाख माथिको भ्यूज मात्र पाएको छ ।

सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल लगायतका कलाकारको अभिनय छ ।





  • प्रकाशित मिति : वैशाख १२, २०८१ बुधबार १३:११:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया