logo-img

बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–झिलझिले खण्डमा आज बिहान बोलेरोले र मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका–४ का तीन युवकको मृत्यु भएको छ ।

आज बिहान बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार २६ वर्षीय मौसम राई, २५ वर्षीय युनिस भण्डारी र १७ वर्षीय सरोज रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 
    
मृत्यु भएका तीनै जना कमल गाउँपालिका–४ अमलडाँगीका भएको कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताए । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–००१–००१ च ९३२९ नम्बरको बोलेरोले तीनजना सवारविपरीत दिशातर्फ गइरहेको मे३प ५००१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
    
दुर्घटनामा परी गम्भीर घाइते भएका तीनैजनालाई विएण्डसी अस्पताल विर्तामोडमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । 

जिप चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएर अनुसन्धान प्रहरीले जनाएको छ । 







  • प्रकाशित मिति : वैशाख १२, २०८१ बुधबार १६:२३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया