logo-img

कांग्रेस उम्मेदवारलाई ओलीकाे कटाक्ष : एउटा बाटो बनाउन नसक्नेले देश बनाउँछु भनेर गफ दिने ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस उम्मेदवार डम्बर खड्कामाथि  कटाक्ष गरेका छन् । सडक निर्माणको ठेक्का लिएर समयमा निर्माण नसकेको भन्दै उनले खड्कामाथि आरोप लगाएका हुन् । 

इलाम–२ चुलाचुलीमा बुधबार आयोजित सभामा उनले खड्कालाई लक्षित गर्दै भने, ‘ठेक्का लिएर, जिम्मा लिएर एउटा बाटो बनाउन नसक्नेले देश बनाउँछु भनेर जनताका बीचमा गफ गर्ने ?’

१५ वैशाखमा हुने उपनिर्वाचनको प्रचारका लागि इलाम पुगेका ओलीले निर्माण व्यवसायी समेत रहेका खड्कालाई लक्षित गर्दै बाटो किन नबनेको भन्दै प्रश्न उठाएका हुन् ।  

चुनावका बेला जातीय कुरा गरे हार्ने निश्चित हुने भन्दै ओलीले जातीय कुरा नगर्न कार्यकर्तालाई निर्देशन दिए । एमाले उम्मेदवार सुहाङलाई जिताए इलाम–२ को समस्या समाधान हुने ओलीकाे जिकिर थियाे । 





  • प्रकाशित मिति : वैशाख १२, २०८१ बुधबार १८:१२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया