logo-img

श्रीमतीमाथि भ्रष्टाचारको आरोप लागेपछि राजीनामा दिने स्पेनी प्रधानमन्त्रीको संकेत

समाजवादी नेता एवं स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले श्रीमतीमाथि भ्रष्टाचारको आरोप लागेपछि आफूले गर्दै आएका सरकारी काम नगर्ने घोषणा गरेका छन् । उनले जिम्मेवारीमा रहिरहने वा जिम्मेवारीबाट बाहिरिएर छानबिनको वातावरण बनाउने भन्नेबारे आगामी सोमबार घोषणा गर्ने उल्लेख गरेका छन् । 

त्यसअघि आफ्ना सबै सरकारी काम रोकेको उनको भनाइ छ । भ्रष्टाचारको आरोप लागेपछि प्रधानमन्त्री सान्चेजकी पत्नी बेगोना गोमेजविरुद्ध न्यायिक छानबिन सुरु भइसकेको छ । 

त्यसो त प्रधानमन्त्री सान्चेजले आफ्नी श्रीमतीमाथि लगाइएको आरोप गलत भएको समेत दाबी गरेका छन् ।

‘यो आरोप गलत हो । तर, यस्तो आरोप लागिसकेपछि मैले जिम्मेवारीमा रहिरहन मिल्दैन,’ उनले भनेका छन्, ‘मैले केही समय कामहरू रोकेर सोच्नुपर्छ, मैले सरकारको नेतृत्व गरिरहने वा यसलाई सम्मान पूर्णरूपमा त्याग्ने भन्ने प्रश्नको जवाफ तत्काल खोज्नुपर्छ ।’

प्रधानमन्त्री पत्नी गोमेजविरुद्ध लगाइएको भ्रष्टाचारको आरोपबारे भने केही खुलाइएको छैन । 





  • प्रकाशित मिति : वैशाख १३, २०८१ बिहीबार १०:८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया