logo-img

चलचित्र ‘ज्वाइँ साब’ को छायांकन वैशाख अन्तिम साता

रेडआई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको फिल्म ‘ज्वाइँ साब’को वर्कसप काठमाडौंमा धमाधम चलिरहेको छ ।

निर्देशक वसन्त निरौलाका अनुसार फिल्ममा अनुबन्धित भएका कलाकारले फिल्म छायांकनमा जानु अघिको पूर्वतयारीका लागि वर्कसप चलाइएको हो । राजकुमार पण्डितको प्रस्तुतिमा तयार हुन लागेको फिल्मको छायांकन वैशाखको अन्तिम साताबाट सुरु हुनेछ ।

फिल्म काठमाडौं बाहिरका स्थानमा खिचिनेछ । वर्कसपमा मुख्य कलाकार जितु नेपाल, नीति शाह, विल्सनविक्रम राई, हिमेशपन्तलगायत छन् । मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् ।

सविन अधिकारीको कथा रहेको फिल्ममा शंकर धितालको पटकथा तथा संवाद छ । फिल्मको शीर्ष भूमिकामा जितु नेपाल रहेका छन् । फिल्म यसै वर्षको तिहारमा रिलिज हुनेछ ।
 





  • प्रकाशित मिति : वैशाख १४, २०८१ शुक्रबार १५:३१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया