logo-img

म्याराडोनाको गोल्डेन बल लिलाम गरिने

महान फुटबल डिएगो म्याराडोनाको गोल्डेन बल ट्रफी अक्सन (लिलामी) मा राखिने भएको छ । ​म्यारोडोनाले सन् १९८६ को विश्वकपमा उत्कृष्ट खेलाडीको रुपमा प्राप्त गरेको गोल्डेन बल ट्रफी लिलामीमा समावेश गरिएको छ ।  

एगुएट्स अक्सनका अनुसार उक्त ट्रफीको लिलामी फ्रान्समा अर्को महिना हुनेछ ।​ अक्सनमा जान लागेको पहिलो गोल्डेन बल भएकाले यसको मूल्य अहिले नै तय भएको छैन । ६ जुनमा फ्रान्समा हुने अक्सनमा यसको महँगो तोकिने अनुमान गरिएको छ ।  

म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले फाइनलमा पश्चिम जर्मनीलाई ३–२ ले हराएर १९८६ को विश्वकप जितेको थियो । गोल्डेन बल ट्रफी सन् १९८२ को विश्वकपबाट सुरु भएको थियो । म्याराडोनाको मृत्यु २५ नोभेम्बर २०२० मा भएको थियो ।
 


 





  • प्रकाशित मिति : वैशाख २६, २०८१ बुधबार ९:१४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया