बिग बोसमा सलमानसँगै आलिया कि क्याट्रिना

एजेन्सी– बलिउड अभिनेता सलमान खान र अभिनेत्री क्याट्रिना कैफ आजभोलि फिल्म भारतको प्रमोसनमा निकै व्यस्त छन् । यो फिल्म ५ जुनमा इदको मौका पारेर रिलिज हुँदैछ । यो जोडी पर्दामा आउने भएपछि चल्ने चर्चा अहिले पनि बढेकै छ । 

तर, सँगसँगै यो जोडीलाई मन पराउनेहरुलाई अर्को पनि समाचार छ । त्यो हो, क्याट्रिनाले सलमानसँगै बिग बोसको १३ औं सिजन होस्ट गर्न सक्नेछिन् । त्यसो त यसका लागि आलियाको पनि नाम चलेको छ । त्यसैले अब सलमान र क्याट्रिना अथवा आलिया बिग बोसमा सँगै देखिने सम्भावना बढी छ ।

यसपटक बिग बोस सेप्टेम्बरमा सुरु हुँदैछ ।
 





  • प्रकाशित मिति : जेठ १७, २०७६ शुक्रबार ११:२३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया