logo-img

मैले रगत पसिना बगाएर पैसा कमाएको हुँः अक्षय कुमार

एजेन्सी– बलिउड अभिनेता अक्षय कुमार पछिल्लो समय निकै चर्चामा छन् । झन्, उनी यस वर्ष विश्वमा सर्वाधिक कमाउने एक सेलेब्रिटीको सूचीमा समेत परेका छन् । यो सूचीमा पर्ने उनी एक्लो भारतीय कलाकार हुन् । सूचीको ३३ औं नम्बरमा परेका अक्षय कुमारको कमाइ ६.५ करोड डलर रहेको बताइएको छ । 

यसै विषयमा अक्षयले खुलेर कुरा गरेका छन् । 

एक अन्तर्वार्तामा अक्षयले भनेका छन् कि उनले आफूले निकै मिहनेत गरेकाले नै पैसा कमाएका हुन् । ‘म एक एक पैसाका लागि निकै मिहनेत गर्छु,’ उनले भनेका छन्, ‘पैसा सजिलो तरिकाले आउँदैन । मैले यो पैसा कमाउन रगत पसिना बगाएको छु ।’ त्यसैले पनि यो पैसा आफ्ना लागि निकै महत्वपूर्ण भएको उनले बताएका छन् ।







  • प्रकाशित मिति : साउन २३, २०७६ बिहीबार ९:२६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया