logo-img

शिव परियारको स्वरमा नयाँ गीत ‘भेट हुँदा’ रिलिज (भिडियोसहित)

काठमाडौं– चर्चित गायक शिव परियारको स्वरमा ‘भेट हुँदा लजाउँछौ’ बोलको गीतको म्युजिक भिडियो बजारमा आएकाे छ । ‘मंगली’ गीतको सफलतापछि सोही टिम पुनः ‘मंगली भाग–२’ लिएर दर्शकश्रोतामाझ आएको हो । 

प्रलाद शाह प्रस्तुतकर्ता रहेको  ‘भेट हुदाँ’  बोलको नयाँ गीतलाई गीतकार शाहले नै लेखेका हुन् । गीतमा संगीत शंकर थापा ‘स्माइल’को रहेको छ । गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् ।

भिडियोमा कार्टुन क्रुज समूहका मुख्य कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको बेजोड अभिनय देख्न सकिन्छ । गम्भीर बिस्टले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन । 



विकास ज्ञवालीले सम्पादन गरेको म्युजिक भिडियो शान थापाको निर्देशनमा तयार भएको हो । करिब १ वर्ष अघि सार्वजनिक मंगलीको म्युजिक भिडियोलाई दर्शकले ८० लाख बढी पटक हेरिसकेका छन् ।  
 





  • प्रकाशित मिति : असोज ३, २०७६ शुक्रबार १८:०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया