एजेन्सी– बलिउडमा आमिर खानलाई मिस्टर पर्फेक्सनिस्ट पनि भनिन्छ । अहिले यी अभिनेता फिल्म लाल सिंह चड्डाका कारण निकै चर्चामा छाएका छन् । किनकि उनी यही फिल्मका लागि नयाँ केही गर्ने सोचमा छन् र अहिले शाकाहारी खाना खाइरहेका छन् । तर, पछिल्लो समय भारतीय खबरहरुमा चर्चामा छ कि उनी आधा रातमा आफ्नी आमाको घरमा पुगेका छन् ।
आखिर किन ?
मिड डे नामक एक पत्रिकाले उनी आमाले बनाएको खाना खान त्यहाँ पुगेका हुन् । उनी आमाले निकै मीठो कबाब पकाउने गरेकाले पनि उनी त्यहाँ पुगेको हुनसक्ने अनुमान गरिएको छ । तर, पछिल्लो समय त उनको खानामा शाकाहारी खानामात्र परेको छ । तर, यसबीच उनलाई आमाले बनाएको कबाबको निकै याद आएकाले उनी आधा रातमा भए पनि त्यहाँ पुगेको जनाइएको छ ।
फिल्म लाल सिंह चड्डाबारे चाहिँ आमिरले आफ्नो जन्मदिनमा गरेका थिए । यो फिल्ममा आमिरसँगै करिना कपुरले पनि काम गर्दैछिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।