चिलीः राष्ट्रपतिले पूरै क्याबिनेट बर्खास्त गरे, सात हजार पक्राउ परे

एजेन्सी– चिलीका राष्ट्रपति सेबेस्टिन पिन्येरा पूरै क्याबिनेटलाई निलम्बन गरेका छन् । यसले त्यहाँको राजनीतिक संकट गहिरिने देखिएको छ । अब उनले नयाँ सरकार गठन गर्न आह्वान गरेका छन् । 

सामाजिक सुधारको लागु गर्ने बताउँदै उनले यो निर्णय लिएका हुन् । केही समययता चिलीमा सामाजिक सुधारको माग गर्दै प्रदर्शन भइरहेको छ ।

‘मैले क्याबिनेट पुनर्गठन गर्ने भनिसकेको छु,’ राष्ट्रपतिले भनेका छन् । 

गत शुक्रबारमात्र चिलीको राजधानी स्यान्टियागोमा १० लाखभन्दा धेरै मानिस सामाजिक सुरक्षाको माग गर्दै सडकमा उत्रिएका थिए । एक सातादेखि सुरु भएको यो प्रदर्शनीमा १७ जनाको मृत्यु भइसकेको छ ।

एक सातासम्म पनि प्रदर्शन नरोकिएपछि त्यहाँका राष्ट्रपतिले देशमा अब परिवर्तन आइसकेको बताएका हुन् ।



त्यहाँका अधिकारीहरुले अहिलेसम्म त्यहाँ सन् १९९० पछि पहिलो पटक ठूलो प्रदर्शन भएको बताएका छन् । प्रदर्शनमा मानिसहरुले न्यायको माग गरेका छन् ।

चिलीमा सबैभन्दा पहिले यो प्रदर्शन मेट्रोको भाडा बढेपछि सुरु भएको थियो । तर, यो प्रदर्शन यति ठूलो भयो कि सात हजारभन्दा धेरै मानिसहरु पक्राउ परिसकेका छन् ।



  • प्रकाशित मिति : कात्तिक १०, २०७६ आइतबार २०:५७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया