उत्तर कोरियाले भन्यो– जापानी प्रधानमन्त्री इतिहासकै सबैभन्दा मूर्ख व्यक्ति

एजेन्सी– उत्तर कोरियाले जापानका प्रधानमन्त्री शिन्जो अबेलाई मूर्ख र राजनीतिक रुपमा अत्यन्त कच्चा व्यक्तिको संज्ञा दिएको छ । उत्तर कोरियाले जापानी प्रधानमन्त्री अबेले उत्तर कोरियाको ताजा मिसाइल परीक्षणबारे गलत जानकारी दिएको आरोप लगाउँदै यस्तो भनेको हो । 

गत बिहिबार शिन्जो अबेले उत्तर कोरियाले बारम्बार ब्यालिस्टिक मिसाइल लन्च गर्नु विश्वका लागि खतार भएको बताएका थिए । 

तर, उत्तर कोरियाले आफूले सुपर लार्ज मल्टिपल रकेट लन्चरको परीक्षण गरेको जनाएको छ ।

शनिबार उत्तर कोरियाको सरकारी मिडियाले बताएको छ कि जापानले अब छिट्टै भविष्यमा ब्यालिस्टिक मिसाइल देख्न पाउने छ ।

उत्तर कोरिया अहिले ब्यालिस्टिक मिसाइल परीक्षण गर्नबाट संयुक्त राष्ट्रसंघको प्रतिबन्धको सामना गरिरहेको छ । उत्तर कोरियाको परमाणु कार्यक्रम तथा मिसाइलमाथि अहिले प्रतिबन्ध लगाइएको छ । उत्तर कोरियाले जापनले अमेरिकासँग वार्ता गरेर आफूमाथिको प्रतिबन्ध हटोस् भन्ने चाहन्छ । 



तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ–उन गत फ्रेबुअरीमा भेट्दा यस विषयमा कुनै सहमती हुन सकेको छैन । त्यसयता यस विषयमा यी दुई देशको कुनै पनि सम्झौता भएको छैन ।

दक्षिण कोरियामा रहेका पर्यवेक्षकका अनुसार उत्तर कोरियाले बिहिबार जापानको समुद्रतिर केही पठाएको चाहिँ थियो । यही परीक्षणलाई जापानी प्रधानमन्त्री शिन्जो अबेले आलोचना गर्दै भनेका थिए, ‘उत्तर कोरियाले अहिले ब्यालिस्टिक मिसाइल परीक्षण गरेको छ जुन हाम्रो देश र पूरै विश्वलाई खतरा हो ।’



यो आरोपछि उत्तर कोरियाले विभिन्न तस्वीर सार्वजनिक पनि गरेको छ । ‘अब यी तस्वीर हेरेर पनि शिन्जो अबेले हामीले के गरेको हो भन्ने छुट्ट्याउन सक्दैनन् भने,’ त्यहाँको सरकारी मिडियामा लेखिएको छ, ‘शिन्जो अबे विश्वका सबैभन्दा बेवकुफ र इतिहासका सबैभन्दा मूर्ख व्यक्ति हुन् ।’

यतिमात्र होइन, शिन्जोले निकट भविष्यमा आफ्नो नाकैमुनि ब्यालिस्टिक मिसाइल पनि देख्ने चेतावनी उक्त मिडियामा दिइएको छ ।

  • प्रकाशित मिति : मंसिर १५, २०७६ आइतबार १:५०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया