काठमाडाैं– कुवेतमा बालुवाको ढिस्कोले पुरिएर कार्यक्षेत्रमा भएको दुर्घटनामा अहिले सम्म ६ जना नेपाली कामदारहरुको मृत्यु भएको पुष्टि भएको छ । कुवेतको अल मुत्ला क्षेत्रमा हिजो फेब्रुअरी १२,२०२० बुधबार दिनको समयमा निर्माणस्थलमा काम गरिरहेका नेपाली कामदारमाथि बालुवाको ढिस्को खस्दा ६ जना नेपाली कामदारको मृत्यु भएको हो ।
दुर्घटनामा परी दुईजना घाइते भएका छन् । उनीहरुकाे कुवेतको जाहारा अस्पतलमा उपचार भइरहेकाे छ । नेपाली राजदूतावासकी द्वितीय सचिव जानुका ओझाका अनुसार चिनियाँ कम्पनीले निर्माणको जिम्मा लिएको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा काम गरिरहँदा एक्कासि बालुवा र ढुंगा खसेको थियो । ढिस्कोमा पुरिएकामध्ये ६ जना नेपाली कामदारहरुको मृत्यु भएको पुष्टि भए पनि मृतकहरुको नामावली अझै प्राप्त भएको छैन ।
त्यस्तै दुर्घटनामा उद्धार गरिएका दुईजना नेपालीको कुवेतको जाहरा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि केही कामदारको सकुशल उद्धार गरिएको र केही अझै हराइरहेको बताइएकाे छ । त्यहाँ कतिजना कार्यरत थिए भन्नेबारे नेपाली दूतावासलाई आधिकारिक जानकारी छैन ।
नेपाली राजदूतावनसको टोली अहिले दुर्घटना भएको स्थलमा र अस्पतालमा रहेका घाइते नेपालीहरुको अवस्था बुझ्न गइसकेकोले केही समयमा पूर्ण जानकारी आउने दूतावासकाे भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।