अर्जुन कपुरसँगको विवाहबारे फेरि बोलिन् मलाइका

बलिउडमा जब नाचको कुरा आउँछ, अभिनेत्री मलाइका अरोडाको नाम कहिल्यै पनि छुट्दैन । मुन्नी बदनाम हुई गीतमा आइटम डान्स गरेपछि त मलाइकाको चचाृ झन् ह्वात्तै बढ्यो । 

तर, यसबीचमा उनको चर्चा अभिनेता अर्जुन कपुरसँगको विवाहको प्रसंगलाई पनि लिएर भएको छ । यसबारे मलाइकाले बारम्बार आफ्नो जवाफ पनि दिने गरेकी छिन् । तर, उनले अहिलेसम्म आधिकारिक रुपमा अर्जुनसँग कहिले विवाह गर्ने भन्नेबारे केही बताएकी छैनन् ।

पछिल्लो समय भारतीय मिडिया नवभारतटाइम्सलाई उनले अन्तर्वार्ता दिएकी छिन् । र, अर्जुनसँगको विवाहबारे पनि बोलेकी छिन् । ‘यसबारे अहिलेसम्म हामीले कुनै निर्णय लिएका छैनौँ,’ उनले भनेकी छिन्, ‘जुन दिन हामीले यस विषयमा निर्णय गर्नेछौँ, म सबैलाई यसबारे पक्कै भन्नेछु ।’





  • प्रकाशित मिति : फागुन १८, २०७६ आइतबार १५:५९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया